२०८१ बैशाख ८ , शनिवार

विश्वकप लिग टु : यूएई सिरिजको पहिलो खेलमा नेपाल र पपुवान्युगिनी भिड्दै

सुनाखरी न्युज/ काठमाडौं । युएईमा सोमवारबाट शुरु हुने विश्वकप लिग टुको यूएई सिरिजको पहिलो खेलमा नेपालले पपुवान्युगिनीसँग खेल्दैछ ।

 

नेपाल र पीएनजीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान १२ बजे शुरु हुँदैछ । पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण युएईमा सारिएको थियो । २०१९ देखि जारी रहेको विश्वकप लिग टुको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज हो ।

 

फागुन १८ मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । फागुन १९ मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा फागुन २२ मा घरेलु टोली यूएईसँग खेल्नेछ ।