२०८० चैत्र १६ , शुक्रवार

भागिरथ चलाउनेको जले जलोस् हिउँचुली, सुकोस् फेवाताल

सुनाखरी न्युज/ काठमाडौं । गायक भागिरथ चलाउने पृथक गीतका साथ फेरि दर्शक–श्रोतामाझ आएका छन्। उनले हालै ‘जले जलोस् हिउँचुली, सुकोस् फेवाताल’ बोलको गीत सार्वजनिक गरेका छन्। उक्त गीतको भिडियोमा गायक चलाउनेसँगै गीता ढुंगानाले अभिनय गरेका छन्।

 

भागिरथकै शब्द, संगीत रहेको गीतमा गायिका शान्तिश्री परियारले साथ दिएकी छन्। प्रकाश भट्टले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन्। गीतको भिडियोमा पोखरा आसपासका सुन्दर दृश्यहरु कैद गरिएको छ। बरु हिँचुली जलोस्, फेवाता सुकोस् तर प्रेम कहिल्यै नमरोस् भन्ने भाव गीतमा प्रस्तुत छ। मुनामदनको भन्दा पनि आफूहरूको प्रेम अगाडि होस् भन्ने भाव गीतमा रहेको छ।

 

गायक चलाउनेका ‘कसलाई सोध्नी होला’, ‘देशै छोडी जाउँला बरिलै’, ‘फलाम पिटे तरवार’, ‘नरिसाउन कान्छु’, ‘थोपडाले धोका दियो बरिलै’, ‘कहिले बोल्छ देश’, ‘झमझम झम्काना’ लगायत थुप्रै गीतहरुले निकै चर्चा पाएका छन्।