२०८१ बैशाख ८ , शनिवार

लगातार घट्दै सुनको भाउ

Gold

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो।

 

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख २ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार २५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २६० रुपैयाँमा किनबेच भएको थियो।