२०८१ बैशाख १४ , शुक्रवार

१५ प्रतिशत लाभांश प्रस्तावसहित साल्ट ट्रेडिङ्ग कर्पोरेशनले बोलायो साधारण सभा

सुनाखरी न्युज/ काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले चैत १० गते ५६औं वार्षिक साधारण सभा बोलाएको छ । फागुन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंका दिनको १२:१५ बजे सभा गर्ने निर्णय गरेको हो ।

 

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित कुल १५ प्रतिशत लाभांशलाई समेत वितरणयोग्य बनाउनेछ । यस वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उल्लेखित प्रस्तावहरूसँगै सञ्चालकहरूको बैठक भत्ता लगाएत अन्य सुविधाका सम्बन्धमा समेत आवश्य निर्णय सभाले गर्नेछ । साथै सर्वसाधारण शेयरधनीको तर्फबाट सात जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

 

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २६ गतेदेखि चैत १० गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।