२०८० चैत्र १५ , बिहिवार

फेरील्याण्ड स्कुलले मनायो १४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस

सुनाखरी न्युज/ काठमाडौं । स्थापनाकालको छोटो समयमै आफुलाई राष्ट्रिय स्तरमा चिनाउन सफल बुढानिलकष्ठ १० कपन बालुवाखानीमा रहेको फेरील्याण्ड इन्टरनेशनल स्कुलको १४ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाएको छ ।

 

सो कार्यक्रमलाई सम्बोधन गर्दै बुढानिmलकष्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले फेरील्याण्ड स्कुल नगरपालिका भित्रकै उत्कृष्ण्ठ बिधालय रहेको बताए । प्रमुख अधिकारीले गुणस्तरीय शिक्षा दिने विद्यालय रहेको भन्दै उहाँले अव कुनै विद्यार्थीले गुणस्तरीय शिक्षा आर्जन गर्न बुढानिलकष्ठ क्षेत्र बाहिर जानु नपर्ने बताए । उनले अवको युग बिज्ञान र प्रविधीको युग भएको उल्लेख गर्दै युग अनुसारको व्यबहारिक शिक्षा आवश्यक रहेको बताउदै बिद्यार्थीलाई मोबाईल र सामाजिक सञ्जालबाट टाढा राख्नु पर्ने बताए ।

 

विद्यालयका फाउण्डर प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले विद्यार्थीको सर्वाङगिण विकासलाई ध्यानमा राखेर पठनपाठन गरिएको बताए । यो बर्ष मात्रै विविध १२ विधामा अवार्ड जित्न सफल भएको जानकारी दिँदै विद्यार्थीको चाहाना र मनोविज्ञानलाई बुझेर त्यसै अनुरुप उनीहरुलाई पढाइनुका साथै थप सहयोग गरिरहेको बताए । कार्यक्रममा प्याप्सनका उपाध्यक्ष कृष्ण अधिकारी एनप्याप्सनका सचिब बिष्णु पराजुली, बुनपा १०,११ १२ का बडा अध्यक्षहरु क्रमस नवराज भट्टराई , राजु अधिकारी, शम्बु भट्टराई काठमाडौ प्यास्नका अध्यक्ष प्रेम राई ओप्स सल्लाहकार , राम केशी बिधालयका निर्देशक राम गौतम , बिनोद अधिकारी समाजसेबी श्याम तिम्लसिना , नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति कार्यसमिति सदस्य बिष्णु निश्चललगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

सो अवसरमा विद्यालयले ८० बर्ष भन्दा माथीका अभिभावकहरुलाई सम्मान गरेको थियो । उनीहरुलाई माला तथा दोसल्ला लगायर नगर प्रमुख मिठाराम अधिकारीले सम्मान गरेका थिए । सोही अवसरमा पत्रकार बिष्णु निश्चल ,लक्ष्मी ढकाल , पूस्पा अधिकारी लगायतकालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार कमलिकान्त भेटवाल, सुनिता बुढा क्षेत्री लगायतका कलाकारहरुले साँस्कृतिक प्रस्तुति दिएका थिए । अभिभावन दिवसको अवसरमा विद्यार्थीले बिभिन्न संस्कृति झल्कने सांस्कृतिक झाँकी,नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानिय सामाजिक अगुवाका साथै बिद्यार्थि तथा अभिभावकको बाक्लो उपस्थिति रहेको थियो ।