२०८१ बैशाख १२ , बुधवार

 रसुवामा ९४ जनाले गरे रक्तदान

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज कालिकास्थान र कालिका हिमालय एस.एल.सी. २०५६ ब्याचको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ९४ जनाले रक्तदान गरे ।

 

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यकाे बिशेष आतिथ्यता रहेकाे साे कार्यक्रममा केन्द्रीय रक्त संचार केन्द्रका निर्देशक दिव्यराज पौडेल,कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा,नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्र तामाङ,नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखा अध्यक्ष प्रमिला लामा लगायत स्थानीय तहका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरू अतिथिकाे रूपमा सहभागी थिए । कार्यक्रममा प्रमुख अतिथि कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा बिशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य र अन्य अतिथिहरूले रक्तदान कार्यक्रम सह्रानीय काम भएको र आगामी दिनमा पनि निरन्तरता दिन तथा सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । संयुक्तरूपमा आयाेजित उक्त बृहत् रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले कार्यक्रमका प्रमुख अतिथिलाई रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रमकाे शुभारम्भ गर्नुभएको थियो ।

 

रक्तदान कार्यक्रमकाे अन्तमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई सम्मान-पत्र प्रदान गरेर कालिकास्थान रसुवाकाे तर्फबाट सार्वजनिक सम्मान प्रदान गरेकाे थियोे । साेही कार्यक्रममा केन्द्रीय रक्त संचार केन्द्रका निर्देशक दिव्यराज पौडेललाई धन्यवादपत्र प्रदान पनि आयाेजककाे तर्फबाट दिएकाे थियोे भने सवै रक्तदाताहरुलाइ प्रशंसा पत्र प्रदान गरिएको थियो । साथै कार्यक्रम सफल बनाउन पानी, फलफूल तथा जुस प्रदान गर्ने सहयोगीहरू लगायत स्वास्थ्यकर्मीहरूलाई समेत प्रशंसापत्र प्रदान गरिएको थियो । दुईसय जनाले रक्तदान गर्ने तयारी गरेपनि संयोगले हात्तीपाइले बिरुद्धको औषधि सेवन गरेकोले रक्तदान गर्न नहुने भनेपछि रक्तदान गर्नेकाे संख्यामा कम भएको कार्यक्रमका सभापति हरिप्रसाद देवकोटाले बताए । साे कार्यक्रमकाे सञ्चालन हेमनाथ खतिवडाले गर्नुभएको थियोे ।

 

त्यसै गरी नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवाको प्रथम अधिबेशन गरी महाधिबेशन प्रतिनिधि समेत छनौट भएको छ । अधिबेशन केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख अातिथ्यमा भएको थियो । जिल्ला समितिको ०७७ पुस १९ गते रसुवामा तदर्थ समिति गठन भएको थियो । शनिबार भएको अधिबेशनले प्रमिला लामाको अध्यक्षतामा ११ सदस्य रहेका जिल्ला समिति गठन भएको छ । उपाध्यक्ष रामशरण गजुरेल‘निशान’,सचिव हेमनाथ खतिवडा, कोषाध्यक्ष प्रेमप्रसाद पौडेल,सदस्यहरूमा-रामशरण पौडेल,पूर्ण न्यौपाने,सरस्वती न्यौपाने र सविना घिमिरे चयन भएका छन् । त्यसै गरी महाधिबेश प्रतिनिधिमा जिल्ला समितिबाट प्रमिला लामा,हेमनाथ खतिवडा र कालिका गाउँपालिका समितिबाट तारा कार्की रहेका छन् ।

जन्म दिनमा रक्तदान
कालिका गाउँपालिका वडा नं २ का युवा समाजसेवी बिराज तामाङले जन्मदिनको अवसरमा पहिलो पटक रक्तदान गरेका छन् । अंग्रेजी महिना अनुसार उनको जन्मदिनको शनिबार परेको थियो ।

जीवनमा पहिलो पटक जन्मदिनको अवसरमा आफ्नै गाउँँमा रक्तदान गर्ने अवसर मिलेकोमा आफूलाई खुशी लागेको तामाङले बताए । उनी नेपाल स्वयंसेवी रक्तदाता समाजका आजीवन सदस्य तथा कालिका गाउँपालिका समितिका कोषाध्यक्ष हुन् । आगामी दिनमा पनि रक्तदान गर्ने उनले बताए ।