२०८१ बैशाख १३ , बिहिवार

वसन्तपुरमा चिर गाडिएसँगै होलीपर्वको विधिवत सुरुवात

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौँको वसन्तपुर अगाडि विधिवत् रूपमा आज बिहान चीर ठड्याइएको छ । फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि राजधानी लगायत मुलुकभर औपचारिक रूपमाफागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

 

आज बिहान पौने आठ बजेको साइतमा चीर ठड्याइएको हो । एकआपसमा अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिने प्रचलन समेत रहेको छ । चन्द्र मास अन्तर्गत फागुन महिनाको पूर्णिमाको दिन मनाइने होली यही फागुन २२ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा र २३ गते तराईका विभिन्न जिल्लामा फागु अर्थात होली पर्व मनाइँदै छ ।

 

आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।