२०८१ बैशाख १४ , शुक्रवार

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

सुनाखरी न्युज/ काठमाडौं । विदेश जान पाउनुपर्ने भन्दै क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दिएको पुनरावलोकनको निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

 

न्यायाधीश ईश्वर खतिवडाको इजलासबाट गत शुक्रबार प्रारम्भिक सुनुवाइ गरिए पनि कुनै फैसला आएको थिएन ।

 

आइतबार सोही रिटमाथि सुनुवाइ गर्ने तालिका भए पनि हेर्दाहेर्दैमा राखिएको हो ।