२०८१ बैशाख ४ , मंगलबार

दीपक–दीपाको हल वैशाखदेखि सञ्चालनमा आउने

सुनाखरी न्युज/ काठमाडौं । ९ करोडको लागतमा दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ बानेस्वरमा निर्माण गरिरहेको मल्टिप्लेक्स फिल्म नयाँ बर्ष अर्थात २०८० को बैशाखमा आउने भएको छ ।

 

केही पहिले दीपक–दीपकाको हल उनीहरुकै फिल्म ‘छक्का पन्जा ४’ रिलिजको समय आउने भनियको थियो । तर दीपकले फिल्मको रिलिजलाई तारगेट गरेर ल्याउने तयारी गरेपनि काम नसकिएको बताए ।

 

आईएनआई सिनेमाजको फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुने उक्त हल नयाँ बानेश्वर चोकमा बनेको नयाँ बानेश्वर सेन्टरमा बन्दैछ । दुईवटा अडिटोरियम रहेको हलमा दुई–दुई सय दर्शक क्षमता छ ।