२०८१ बैशाख ८ , शनिवार

अक्षय कुमारलाई ‘सेल्फी’ले दिएको तनाव

सुनाखरी न्युज/ काठमाडौं ।बलिउड अभिनेता अक्षय कुमार यतिबेला तनावमा छन्। उनले अभिनय गरेका फिल्म लगातार फ्लप भैरहेपछि यी अभिनेता तनावमा परेका हुन्।

 

उनको पछिल्लो फिल्म ‘सेल्फी’ले बजार तताउने उनको आशा थियो। तर शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले पनि सुखद संकेत गरेन्। अक्षय कुमार र इमरान हाश्मी स्टार यो फिलमले बक्स अफिसमा सम्मानजनक कलेक्सन गरेर अक्षयको स्टारडम बचाउने अपेक्षा गरिएको थियो। राज मेहताले निर्देशन गरेको ‘सेल्फी’ले हलुका सुरुवात गरेको छ।

 

यो फिल्मको सुरुवात अक्षयको फिल्मी करिअरकै खराब कलेक्शन सुरुवात गरेको बताइन्छ। यो भन्दा अघि उनको ‘एक, ८१० तस्बिर’ले पनि यस्तै खराब सुरुवात गरेको थियो।