२०८१ बैशाख ८ , शनिवार

नेप्सेमा झिनो अंकको सुधार

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको पहिलो दिन आज आइतबार झिनो अंकले बढेको छ । आजको कारोबार शुरुदेखि नै उच्च अंकले घटेको नेप्से अन्तत सामान्य अंकले बढेर बन्द भएको हो ।

 

आज नेप्से ४.५५ अंकले बढेर दुई हजार २७ दशमलव १९ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ५७. ७४ अंकले घटेर दुई हजार एक सय २२ दशमलब ६४ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा दुई अर्ब ५२ करोड ५० लाख बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा दुई अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएको थियो ।

 

आज कारोबार भएका कम्पनीमध्ये १४६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६२ कम्पनीको शेयरमूल्य घटेको छ । ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा विजय लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक र अभियान लघुवित्त वित्तीय संस्था रहेका छन् । जसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढिले बढेको छ । आज सिटिजन म्युचुअल फण्ड–१ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी कम्पनीको भएको छ । यसको आज १० करोड ५८ लाखभन्दा बढीको कारोबार भएको छ ।

 

राष्ट्र बैंकले लघुवित्तमा कडाई गरेपछि गत बिहिबारको कारोबारमा अधिकांश लघुवित्तको शेयरमूल्यमा पहिरो आएको थियो । तर, आजको कारोबारमा भने उक्त गिरावट थामिएको हो ।