२०८१ बैशाख ७ , शुक्रवार

राजेशपायलको सुमधुर स्वरले गुन्जयमान बन्यो धरान

सुनाखरी न्युज/ काठमाडौं । चर्चित गायक राजेशपायल राईको सुमधुर स्वरले धरान गुन्जयमान बनेको छ। धरान रंगशालामा सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको धरान एक्स्पोमा शनिबार राति उनको गीतमा हजारौं दर्शकहरू छमछमी नाचे। उनको प्रस्तुति सुन्न प्रदेश १ का सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा खोटाङ, भोजपुर, उदयपुर, लगायतका स्थानबाट आएका दर्शकहरूको घुइचो थियो।

 

राजेशले माथि माथि लेकबाट…,बैगुनि रैछेउ…,मोहोनी लाग्ला है…, तिन तारा तिन तिर…, नौ जाले मायाले…, शिरै फुल्यो शिर बन्दी…, विचार चोगे…, दर्शन नमस्ते…, बल्ल भेट भो आदङबे…, माथि माथि लेकबाट…,सागर सरी…, राई इज किङ लगायतका दर्जन बढी गीत प्रस्तुत गरेर दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए। राजेशपायलको गीतमा नाच्न पाउदा धेरै रमाइलो भएको धरान १५ का कृष्ण राईले बताए। राजेशपायलले मञ्चमा गीत गाईरहदा आइ लभ यू राई इज किङ भन्दै युवायुवतीहरू नाचिरहेका थिए।

 

राजेशपायलले गीत गाइरहँदा रंगाशालामा उपस्थित भएका दर्शकहरूलाई सम्हाल्न प्रहरीलाई समेत हम्मे हम्मे परेको थियो। धरान एक्स्पोका कार्यक्रम संयोजक गोपाल श्रेष्ठले एक्सो अबलोकन गर्न आउने दर्शकहरूलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति राखिएको बताए। फागुन ११ देखि सुरु भएको धरान एक्सपो २० गतेसम्म सञ्चालन हुने छ।