२०८१ बैशाख १२ , बुधवार

नेपालमा सामसङको ‘ग्यालेक्सी एस२३’ सिरिजको बिक्री सुरु

सुनाखरी न्युज/ काठमाडौं । सामसङले नेपाली बजारमा आफ्नो पछिल्लो फ्ल्यागसिप स्मार्टफोन सिरिजअन्तर्गतको ‘ग्यालेक्सी एस२३’को विक्री सुरु गरेको छ।

 

बिक्री सुरु गरिएको यस सिरिजमा ग्यालेक्सी एस२३ अल्ट्रा, ग्यालेक्सी एस२३ प्लस र ग्यालेक्सी एस२३ गरी तीन मोडेलका फोन छन्। ग्यालेक्सी२३ अल्ट्राका लागि ग्राहकहरूबाट अत्यधिक माग भएसँगै ग्यालेक्सी २३ सिरिजको प्रि–अर्डरको रेकर्ड तोडिएको कम्पनीले जनाएको छ। सामसङले आफ्नो उत्पादनकै सबैभन्दा अब्बल मानिएको ग्यालेक्सी एस२३ स्मार्टफोनहरुलाई यसको प्रि–अर्डरको चापलाई मध्यनजर राख्दै बजारमा उपलब्ध कम्पनीको भनाइ छ।

 

गत वर्ष ग्यालेक्सी एस२२ सिरिजकोे भन्दा बढी प्रि–अर्डर आएको र त्यसमा पनि ८५ प्रतिशतभन्दा बढी अत्यधिक प्रिमियम ग्यालेक्सी एस२३ अल्ट्राको प्रि–अर्डर भएको छ। पछिल्लो समय प्रिमियम उत्पादनहरूको माग अझ बढ्दै गइरहेको देखिन्छ। ग्राहकहरु सामान छनोट गर्दा अझै धेरै सतर्क हुन थालेका छन् र लामो समयसम्म टिक्ने, भविश्यको लागि पनि तयार भएको सामानहरू नै रोज्न थालेका छन्। नयाँ २०० एमपी एडप्टिभ पिक्सेल सेन्सर र प्रतिष्ठित एम्बेडेड एस पेन सहितको ग्यालेक्सी एस२३ अल्ट्राद्वारा नेतृत्व गरिएको ग्यालेक्सी एस२३ सिरिजअन्तर्गत ग्यालेक्सी एस२३ प्लस र ग्यालेक्सी एस२३ पनि छन्। जसले सामसङको अल्टिमेट प्रिमियम फोन अनुभूतिको नयाँ युगको प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ।

 

ग्यालेक्सी एस२३ सिरिजमा एपिक क्यामराहरु जडित छन्, जसले प्रयोगकर्ताहरुलाई उनीहरुको सिर्जनशीलता अभिव्यक्त गर्नका लागि अझ बढी स्वतन्त्रता प्रदान गर्छ। ग्यालेक्सी एस२३ अल्ट्राको आठ जिबी र्याम र ५१२ जिबी मेमरी हुने बताइएको छ। यो फोनको मूल्य दुई लाख नौ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ भने ग्यालेक्सी एस२३ अल्ट्रा १२ जिबी र्याम र २५६ जिबी मेमरी भएकोलाई एक लाख ९१ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। त्यस्तै ८+२५६ जिबी भेरियन्ट भएको एस२३ प्लसको मूल्य एक लाख ५१ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। ८+२५६ जीबी भेरियन्ट भएको एस२३ को मूल्य भने एक लाख २७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।