२०८१ बैशाख ११ , मंगलबार

प्रभु लाईफ इन्स्योरेन्सका एमडिआरटी विजेता सम्मानित

सुनाखरी न्युज/ काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्सले फागुन १० देखि १२ गतेसम्म चितवन सौराहामा संचालित ‘एमडिआरटि एचिभर्स ग्राण्ड अवार्ड विभिन्न कार्यक्रमको साथ सम्पन्न गरेको छ ।

 

कम्पनिले एमडिआरटि २०२३ मा छनौट भएका विजयी अभिकर्ताहरुलाई सम्मान गरेको हो । एमडिआरटि एचिभर्स ग्राण्ड अवार्ड कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका छन् । कार्यक्रमामा बोल्दै प्रभु लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले दृढ संकल्पले नै कम्पनीको साझा लक्ष्य हासिल गरेको बताए । उनले सबैको मेहनतले नै सफलता प्राप्त गरी एमडिआरटी विजेता उत्सव मनाउन पाएको मा गर्व गरे। उक्त, कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान, अन्तराष्ट्रिय प्रशिक्षकद्धारा मोटिभेसनल सेसन एवं विभिन्न रिफ्रेसमेन्ट कार्यक्रमहरु पनि भएको थियो ।

 

कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन समूह, प्रदेश प्रमुखहरु, शाखा प्रमुखहरु एवं अभिकर्ताहरु लगायतको उल्लेख्य सहभागीता थियो ।