२०८१ जेठ ४ , शुक्रवार

चोरीमा संलग्न ३ जना मोटरसाईकल सहित पक्राउ

सुनाखरी न्युज/ सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थितबाट मोटरसाईकल चोरीमा सम्लग्न तीन जनालाई चोरी गरेको मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा बराहक्षेत्र-१ का ३४ बर्षीय सजन श्रेष्ठ, धरान-४ का २८ बर्षीय विश्वराज राई र धरान-१३ का २३ बर्षीय रतिस श्रेष्ठ रहेका छन । अस्थायी प्रहरी चौकी नहडाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गत माघ ६ धरान-११ का सुरज तामाङको घरमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको प्रदेश १-०२-०४०प २८१८ नम्बरको मोटरसाईकलको नम्वर प्लेटलाई को. ३८ प ८०६५ लेखि चलाई रहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।