२०८० चैत्र १६ , शुक्रवार

पूर्वमिस नेपाल श्रृंखला प्रेम चर्चामा

सुनाखरी न्युज/ काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँबीच केही समय प्रेमको चर्चा चल्यो । मिस वल्र्डमा भाग लिने समयदेखि नै सिसन र श्रृंखला निकट भए । देश–विदेशमा घुम्नदेखि सामाजिक सञ्जालमा मायालाई अभिव्यक्तसम्म गरे ।

 

तर केही महिनाअघि एकले अर्कोलाई इन्स्टाग्राममा अनफलो गरेपछि यी दुईबीच सम्बन्धमा ठिकठाक नरहेको चर्चा चल्यो । केही दिनअघि एक लामो फेसबुक स्टाटस लेख्दै सिसनले श्रृंखलासँग ब्रेकअप भइसकेको संकेत गरे । यी दुईले जहिलेदेखि एकअर्कालाई अनफलो गरे, श्रृंखलाको नाम सञ्चार उद्यमी सम्भव सिरोहियासँग जोडियो । श्रृंखलाकी आमा मनु खतिवडाले टिकटकमा लगातार पोस्ट गरिरहेका भिडियोले श्रृंखला र सम्भवबीच निकटता बढिरहेको मिडिया विवरण बाहिर आएका थिए । यी दुईबीच केही महिनायता प्रेम सम्बन्ध रहेको गाइँगुइँ चलिरहेको बेला सम्भवले प्रेमको हल्लालाई पुष्टि हुने गरी शनिबार इन्स्टाग्राममा एक तस्वीर सेयर गरेका छन् ।

 

जुन तस्वीरलाई श्रृंखलाले खिचेको देख्न सकिन्छ । फोटो खिच्नेको अनुहार पनि झ्यालको सिसामा प्रष्ट देखिएको छ भने सम्भवले हार्वर्ड विश्वविद्यालयको क्याप लगाएका छन् । श्रृंखला अहिले हावर्ड युनिभर्सिटीमा अध्ययनरत समेत छिन् । सम्भव यतिबेला अमेरिकामै छन् । यी दुईले खुलेरै प्रेमबारे नखुलाएपनि प्रेमको चर्चा भने सामाजिक सञ्जालमा चुलिएको छ ।