२०८० चैत्र १५ , बिहिवार

सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त – द मेडिसिटि हस्पिटलमा छुट

सुनाखरी न्युज/ काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले भारतको गुडगाँव हरियाणा स्थित मेदान्त– द मेडिसिटि अस्पतालमा छुट पाउने भएका छन् ।

बैंक र अस्पतालबीच अस्पतालको सेवा शुल्कमा १५ प्रतिशत सम्म छुट दिने सम्झौता भएको हो । यस सहकार्यले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत ३ वर्ष देखी निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको जनाएको छ ।

 

बैंकले १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवाहरु प्रदान गर्दै आएको छ ।