२०८१ बैशाख १४ , शुक्रवार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको पदाधिकारी निर्विरोध निर्वाचित

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको धादिङ धादिङबेसीमा जारी आठौं केन्द्रीय महाधिवेशनबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय अध्यक्षमा गायिका रिता थापामगर निर्विरोध निर्वाचित भएकी छन् ।

 

शुक्रबार सुरु भएको महाधिवेशनले शनिबार साँझ अध्यक्षसहित ३७ जनालाई निर्विरोध निर्वाचित गरेको छ । यस्तै, प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा गायक पशुपति शर्मा पनि निर्विरोध निर्वाचित भएका छन् । प्रथम उपाध्यक्षमा गायक रामजी खाँण निर्विरोध निर्वाचित भएका छन्, भने सुवास केसी, दीपक खड्का र राधिका हमाल उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा शिव हमाल निर्विरोध निर्वाचित भएका छन् ।

 

केन्द्रीय निर्वाचन समितिका अनुसार उपमहासचिवमा हरि डाँगी र शिरीष देवकोटा, कोषाध्यक्षमा अमृत अधिकारी, महिला सचिवमा जमुना राना, लुम्बिनी सचिवमा दिपक गरौजा मगर, सुदूरपश्चिम सचिवमा नविन सिंह धामी, उपत्यका सचिवमा प्रकाश सपूत, कर्णाली सचिवमा उत्तम शर्मा, विदेश सचिवमा रामकृष्ण बम मल्ल, प्रशासनिक सचिवमा जिवन दाहाल, सांगठनिक सचिवमा पिएन सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

 

गायिका थापा प्रतिष्ठानको दुई दशकभन्दा लामो इतिहासमा पहिलो महिला अध्यक्ष बनेकी हुन् । प्रतिष्ठानमा २३ हजार ३ सय २२ साधारण सदस्य, २ हजार ७ सय ७३ आजीवन सदस्य, २६ मानार्थ सदस्यसहित २६ हजार जना बढी आवद्ध छन् ।