२०८१ बैशाख १३ , बिहिवार

पित्त थैलीको अप्रेशनपछि देखिन सक्छन् यस्ता समस्या

सुनाखरी न्युज/ काठमाडौं । पित्त थैलीको हाम्रो शरीरमा महत्वपूर्ण भूमिका हुन्छ । जब हामीले खाना खान्छौं यही थैलीले पाचनतन्त्रमा पित्त पठाउने काम गर्छ । जसले गर्दा खाना पचाउन सजिलो हुन्छ । तर कतिपय अवस्थामा पित्त थैलीमा कोलेस्ट्रोल वा क्रिस्टल पदार्थ जम्मा हुन्छ जो पत्थरीको कारण बन्छ । त्यसैलाई नै पित्त थैलीको पत्थरी भन्ने गरिन्छ ।

 

जब कसैलाई पित्त थैलीमा पत्थरी बन्छ, उसलाई एकदमै गम्भीर खालको दुखाईको अनुभव हुन्छ । जब पित्तथैलीको पत्थरीको आकार बढ्दै जान्छ साथसाथै दुखाई पनि बढ्न थाल्छ । जसले गर्दा अप्रेशन गरेर फाल्नुपर्ने हुन्छ । यसरी पित्तथैली फालेपछि केही समय व्यक्तिमा विभिन्न खाले समस्या देखिन सक्छन् । जानौं ति केके हुन् ?

पित्त थैली फालेपछि लामो समय पेट दुख्ने समस्या हुन सक्छ । किनकी पित्त थैली नै नभएपछि खाना पचाउन गाह्रो हुन्छ त्यसैले जे खाँदा पनि पेट दुख्ने समस्या हुन्छ .

 

बिना पित्त थैली पेटलाई खाना पचाउन समस्या हुन्छ जसले गर्दा कब्जीयतको समस्या पनि देखिने गर्छ ।
खाना नपच्ने कारणले कतिपय व्यक्तिलाई पखाला लाग्ने पनि गर्छ । त्यसैले जति सक्यो झोलिलो खानेकुरा खानुपर्ने हुन्छ ।
पित्त थैली फालेको व्यक्तिलाई खाना पचाउन गाह्रो हुने भएकाले मसालेदार खानेकुरा खानबाट बच्नुपर्छ ।
खानपान नमिल्दा पेटमा विभिन्न समस्या आएको महसुस हुने र आफूलाई रोग लागेको जस्तै महशुश भइरहन्छ ।
बिना पित्तथैली कसरी स्वस्थ रहने

 

मौसमी तरकारी तथा फलफूलको सेवनबाट दिनको सुरुवात गर्नु राम्रो हुन्छ ।
धेरै मसालेदार, नुनिलो, तथा फ्याट भएको खानाबाट बच्नु पर्छ ।
अप्रेशन गरेपछि फाइबर भएको खाना धेरै खाने जसले गर्दा पाचनक्रियालाई सजिलो हुन्छ ।
हल्का व्यायाम गर्ने, तथा पाचनक्रिया ठिक गर्ने खालका योग गर्नु पनि राम्रो मानिन्छ ।एजेन्सी