२०८१ बैशाख ६ , बिहिवार

१ बजे सुरु हुँदै राष्ट्रियसभा बैठक

सुनाखरी न्युज/ काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेर १ मिनेटमा सुरु हुनेछ ।

 

आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

 

यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन मूल्यांकन प्रतिवेदन, २०७९ सभा समक्ष पेस गर्ने तथा राष्ट्रियसभा अध्यक्षले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची रहेको छ ।