२०८१ बैशाख ७ , शुक्रवार

बुटवलमा माेटरसाइकल र बस ठाेक्किँदा पत्रकार मनोज हितङ्गाको ज्यान गयाे

सुनाखरी न्युज/ काठमाडौं । बुटवलको मिलनचोकमा बसले माेटरसाइकललाई ठक्कर दिँदा पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ ।

 

गएराति बुटवलको मिलनचोकबाट अस्पताललाइन जाँदै गरेकाे लुम्बिनी ८ प ९०६८ नम्बरको मोटरसाइकल र मिलनचोक आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७–०२–००१ख १२५६ नम्बरको बस बसपार्क नजिकै ठाेक्किँदा उहाँकाे ज्यान गएकाे हाे ।

 

दुर्घटनामा घाइते ३७ वर्षीय हितङ्गाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता होमबहादुर थापाले जानकारी दिनुभयो । लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनका रूपमा कार्यरत उहाँ पछिल्लो समय एनएनटीभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रुपमा कार्यरत हुनुहुन्थ्यो । रासस