२०८० चैत्र १६ , शुक्रवार

एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार

सुनाखरी न्युज/ काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।

शनिबार बसेको एमाले सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन मिति निर्धारण गरिएको छ । नेम्वाङले आजै राष्ट्रतिमा उम्मेदवारी दिनेछन् ।