२०८१ बैशाख १५ , शनिवार

सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने राप्रपाको निर्णय

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको छ ।

 

शनिबार बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । साथै राप्रपाले प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

 

पुस १० मा सात दलबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो । उक्त सहमतिअनुसार बनेका प्रदेश सरकारमा पनि राप्रपाले सहभागिता भएको थियो । सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ ।

No photo description available.