२०८१ बैशाख १४ , शुक्रवार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज २०२३ आह्वान

सुनाखरी न्युज/ काठमाडौं । मुलुकमा रोजगारी सिर्जना गरिबी निवारण तथा समावेशी विकास समेतको दुष्टिले पर्यटन क्षेत्र अर्थतन्त्रको एक महत्वपूर्ण आयाम हो । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएरपनि ओझेलमा परेका कुनैपनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राईज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ ।

 

सन् २०१९ मा पहिलोपटक आयोजित प्रतियोगितामा देशैभरबाट उत्साहजनकरुपमा १३२ वृत्तचित्र सहभागी थिए । पछिल्लोपटक सन् २०२० मा प्रतियोगिताका लागि भिडियो आह्वान भएपनि विश्वभर फैलिएको कोभिड १९ महामारीका कारण कार्यक्रम स्थगित हुनपुग्यो । सोही प्रतियोगितालाई निरन्तरता दिने प्रयास स्वरुप सन् २०२३ को दोस्रो संस्करणका लागि आजै शुक्रबारबाट भिडियो आह्वान भइसकेको छ । वृक्तचित्र निर्माणका लागि २०७९ फाल्गुण १२ बाट ७० दिन अर्थात २०८० बैशाख २१ गतेसम्मका लागि समय दिइएको छ । विजेता प्रतियोगिहरुको घोषणा १३ जेष्ठ २०८० का दिन काठमाण्डौंमा हुनेछ ।

 

कोरोनाका कारण थलिएको पर्यटन क्षेत्रलाई उकास्न र यस क्षेत्रलाई चलाएमान बनाउन यस्ता कार्यक्रमको उपादेयता अझ बढेर गएको छ । यस प्रतियोगिताले देशैभर ओझेलमा रहेका पर्यटकीय थलोहरु पहिल्याउन महत्वपूर्ण भूमिका खेल्ने हाम्रो ठम्याई छ । प्राप्त वृत्तचित्रहरुको उचित प्रचारप्रसार गर्नसके योे आन्तरिक तथा बाह्य पर्यटन प्रर्बद्धनका लागि ठूलो सहयोगी हुनसक्नेछ । भिडियो निर्माताहरुले प्रचुर पर्यटकीय सम्भावना भएरपनि ओझेलमा परेका कुनैपनि गाउ“ठाउँको प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, खानपान, कलासंस्कृति, जातजातिको पहिचान लगायतका बिषयहरुलाई आधार बनाएर भिडियो तयार पार्न सक्नेछन् । वृत्तचित्र अधिकतम ५ मिनेटको हुनुपर्नेछ । प्राप्त भिडियोहरुमध्येबाट निर्णायकले छनौट गरेका उत्कृष्ट दशलाई नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड प्रदान गरिनेछ ।

 

यसअघि सन् २०२० को भिडियो च्यालेञ्जमा सहभागी प्रतियोगिहरुले आफुले पठाइसकेको भिडियोमा परिवर्तन गर्नुपर्ने आवश्यक ठानेमा सो भिडियो सम्पादन गरी वा नयाँ नै पनि पठाउन सक्नेछन् । ‘मेरो गाउँ, मेरो ठाउँ २०२३’ प्रतियोगितामा यसअघि सहभागी नभएका नयाँ प्रतिगोगिहरुले समेत सहभागिता जनाउन सक्ने यसै सूचना द्वारा जानकारी गराउँदछौं । सहभागीले फाउण्डेसनको आधिकारिक वेवसाईट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी www.wwrf.org.np मार्फत फर्म भरी सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागिता लागि कुनै किसिमको शुल्क लाग्ने छैन ।

अवार्डका विधाहरु पुरस्कार रकम
बेष्ट भिडियो अफ द इयर रु. पाँच लाख
पब्लिक च्वाईस अवार्ड रु.  दुई लाख
बेष्ट डिरेक्टर रु. एक लाख
वुमन भिडियो मेकर अफ द इयर रु. एक लाख
फ्युचर स्टार अफ द इयर रु. एक लाख
मोष्ट पोटेन्सियल डेस्टीनेसन रु. एक लाख
मोष्ट एर्नरजेटिक भिडियो मेकर रु. एक लाख
बेष्ट स्क्रीप्ट भ्वाईस ओभर रु. एक लाख
वेष्ट सिनेमाटोग्राफर रु. एक लाख
वेष्ट एडिटर रु. एक लाख