२०८१ बैशाख ७ , शुक्रवार

लेकसाइडमा ३ करोडको लागतमा लेस्पा बाइ डोनाल्डजी स्पा सञ्चालनमा

सुनाखरी न्युज/ पोखरा । पोखराको लेकसाइडमा लेस्पा बाइ डोनाल्डजी स्पा सञ्चालनमा आएको छ । लेकसाइडको हल्नचोक नजिकै रहेको स्पाको पोखराका दुई व्यवसायीहरुले उद्घाटन गरे । सौन्दर्यकर्मी चिनु गुरुङ र व्यवसायी मिलन थापाले संयुक्त रुपमा उद्घाटन गरे ।

 

नेपालमा सन् १९९७ मा पोखराको द फूलबारी रिसोर्टले पहिलोपटक स्पा भित्र्याएको थियो । त्यही स्पामा काम गरेका मलेसियन डानाल्डजीले यो स्पाको प्रबन्ध निर्देशक रहेका छन् । उनले स्पा यस्तो थेरापी हो, जसले शरीर, मन, विचार, आत्मासम्मलाई शुद्ध पारी पूर्ण आनन्द दिने बताए । यसले शरीरमा सकारात्मक उर्जा उत्पन्न गर्न र तनाव तत्काल कम गर्न मद्दत गर्ने उनको भनाई छ । उनले पोखरामा उत्कृष्ट र धेरै क्षमताको स्पा बनाएको बताए । फेवा टाइम्स स्वएर प्रालिले स्पामा ३ करोड भन्दा बढि लगानी गरेको निर्देशक डानाल्डजीको भनाई छ । अहिलेको व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीलाई तनाव मुक्त बनाउन स्पानै उपचार रहेको निर्देशक डानाल्डजीको भनाई छ ।

 

उनले उत्कृष्ट सेवालाई हेरेर र प्रयोग गरेर महशुस गर्न आग्रह गरे । स्पामा कटिवस्ती, जीउ तथा हात खुट्टाको मसाज, सौना, बडी, स्क्रब, डिप सेन्स मसाज, फुट बाथ, ज्याकुजी, मसाज, स्टिम वाथ, फुट मसाज लगाएतका सेवा रहेको मिडिया कोअडिनेटर एनि चाले बताइन् । सुमधुर संगीतमय, शान्त, प्राकृतिक सुगन्धयुक्त, मनमोहक दृश्यले भरिएको र सकारात्मक भाव जगाउने वातावरण स्पामा रहेको उनको भनाई छ । स्पाबाट फेवातालको मनोरम दृश्य हेदै स्पा गर्न सकिने बताइन् । उद्घाटनको अवसर पारेर एक महिना सम्म ५० प्रतिशत सम्म छुट रहेको उनको भनाई छ । स्पामा १ हजार देखी ५ हजार सम्मका तिरेर विभिन्न सेवा लिन सकिने उनले बताइन् ।

 

उद्घाटन कार्यक्रममा सौन्दर्यकर्मी चिनु गुरुङले अनुहारको मात्रै केयर गरेर नहुने भन्दै शरिरको पनि केयर गर्न आवश्यक रहेको बताइन् । उनले शरिरको केयर गर्न मसाज नै सबै भन्दा उपयुक्त भएको बनाइन् । त्यसै गरी व्यवासायी मिलन थापाले मसाज, स्पा, ध्यानले मानिसलाई तनाबमुक्त बनाउने बताइन् । उनले कामको तनाबबाट आराम लिन हप्तामा एक दिन भएपनि स्पा जान सुझाब दिइन् ।