२०८० चैत्र १६ , शुक्रवार

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एप बाट २ लाखसम्म ऋण पाइने

सुनाखरी न्युज/ काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने भएकाे छ । यसका लागि हालै बैंकले ‘एनआईसी एसिया फोनलोन’ सेवा सञ्चालनमा ल्याएको छ ।

 

यसअन्तर्गत बैंकका ग्राहकले मोबाइलमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रुपमा बैंकका शाखा उपस्थित नभई अधिकतम दुई लाख रुपैयाँसम्मको पूर्वस्वीकृत कर्जा लिनसक्ने बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकले एक महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्नेछन् । ​बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही शर्त एवं मापदण्डको आधारमा ग्राहकले कर्जा सेवा लिनसक्ने छन् । उक्त मापदण्डहरुबारे एपले नै स्वचालित रुपमा ग्राहकको कर्जा प्राप्त गर्ने योग्यता मापन गर्ने र कर्जा लिन योग्य ग्राहकको एनआईसी एसिया ‘मोबैंक’ एपमा कर्जा आवेदन दिने विकल्प देखिने छ । कर्जा लिन योग्य ठहरिएमा ग्राहकले मोबाइल बैंकिङ एपमा लगइन गरी गरी त्यहाँ उल्लेखित ‘एनआईसी एसिया फोनलोन’ आइकनमा ट्याप गरी दर्ता सम्पन्न गरी कर्जाको प्रक्रिया अगाडि बढाउनसक्ने बताइएको छ ।

 

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ ।

 

जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।