२०८१ बैशाख १४ , शुक्रवार

एलिना चौहानको नेपाली कन्सर्ट दृश्य विश्वभर भाइरल

सुनाखरी न्युज/ काठमाडौं । गायिका एलिना चौहानले गाएको ‘मिनरल वाटर’को कन्सर्ट दृश्य टिकटकबाट विश्वभर भाइरल भएको छ।

गत फेब्रुअरी १ मा चक्र चन्द सोडारीले अपलोड गरेको सिनमा केही युवतीहरुले कन्सर्टमा गरेको हाउभाउको विश्वभर चर्चा भएको छ। इन्डोनेसिया, रसियनदेखि स्पेनीस भाषाका विभिन्न भिडियोहरु बनेका छन् । गायिका चौहानले पनि एक भिडियोमा ड्वेट गरेकी छन् । तीन करोड ६६ लाख बढीले हेरिसकेको भिडियोको ड्वेट ३३ सय भन्दा धेरै बनेका छन् ।

भिडियो भाइरल भएपछि मिनरल वाटर गीत गाउने ट्रेन्ड पनि सुरु भएको छ। थाइल्यान्डका एक युवाले गाएको गीत अहिले चर्चामा छ।