२०८१ बैशाख ८ , शनिवार

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

सुनाखरी न्युज/ उदयपुर । उदयपुरको बेलका नगरपालिका-९ भचुवाका २७ बर्षीय बिनोद पौडेललाई आफ्नै श्रीमती २० बर्षीया युनिशा खत्री पौडेलको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

हिजो बिहान खाना खाई बेलका नगरपालिका-६ स्थितमा रहेको जाल्पा वाबुङ्ला रमिते सामुदायिक बनमा सगैं घाँस काट्न गएको अवस्थमा पौडेलले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । श्रीमतीलाई खुकुरी प्रहार गरी आफैले हत्या गरेको जानकारी गराए पछि हत्या गर्ने पौडेललाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले घटनामा प्रयोग गरेको खुकुरी सहित पक्राउ गरेको हो ।

 

श्रीमानको खुकुरी प्रहारबाट मृत्यु भएकि युनिशाको शवलाई पोष्टमार्टमको लागि धरान घोपा पठाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।