२०८१ जेठ ५ , शनिवार

राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने

Nepal Rasta Bank- NRB

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र २०८४ क निष्काशन गर्ने भएको छ । फागुन १४ गते देखि ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र २०८४ निष्काशन गर्न लागेको हो ।

 

राष्ट्र बैंकले निष्काशन गर्न लागेको बचतपत्रमा मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली तथा गैर आवासीय नेपालीहरुले आफु वा आफ्ना परिवारको सदस्य (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सकिनेछ ।

राष्ट्र बैंकले निष्काशन गर्न लागेको बचतपत्रमा इन्छुक तथा योग्य लगानीकर्ताले न्युनतम १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग जाने गरी ५० करोड सम्मको लागि चैत ३ गतेसम्म आवेदन दिन सकिनेछ । वार्षिक १२.५० प्रतिशत व्याज पाउने पाँच वर्षे वैदेशिक रोजगार बचतपत्र २०८४ मा ६÷६ महिनामा व्याज भुक्तानी हुनेछ ।