२०८१ बैशाख १३ , बिहिवार

निःशुल्क स्तन क्यान्सर र पाठेघरको मुखको क्यानसर परीक्षण

सुनाखरी न्युज/ काठमाडौं । मानव अधिकारको लागि महिला, एकल महिला समुहद्वारा निःशुल्क स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

 

समूहले आज (शुक्रबार) हात्तीगौँडास्थित छहारी भवनमा आफ्नो २९औँ स्थापना दिवसको अवसरमा नेपाल क्यानसर हस्पिटल एण्ड रिसर्च सेन्टर, ललितपुरसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा महिला तथा एकल महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको हो ।

 

कार्यक्रममा स्थानीय सरकारका प्रमुखहरु र एकल महिलाहरुको उपस्थिति रहेको थियो । वि.सं. २०५२ सालमा स्थापित उक्त संस्था एकल (विधवा) महिलाका हक-अधिकार तथा सशक्तीकरणका लागि वकालत गर्ने गैह्र-सरकारी सामाजिक संस्था हो ।