२०८१ बैशाख ८ , शनिवार

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु

सुनाखरी न्युज/ काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेसँगै एकीकृत कारोबार सुरु भएको छ । शुक्रबार मर्जर कार्यक्रममा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ अशोक राणाले नौं महिनाको लामो छलफलपछि हिमालयन र सिभिल बैंक मर्जरमा जान सफल भएको बताए ।

 

दुवै बैंकका लागि यो मर्जर ऐतिहासिक भएको बताए । अहिले अवस्थामा ठूला बैंक आवश्यक ठानेर मर्ज भएको बताए । एकीकृत भएसँगै बैंकको शाखा १८९ र २० वटा एकस्टेन्सन काउन्टर हुने छ भने कर्मचारी १९७३ जना हुनेछन् । हिमालयन बैंकले सिभिललाई १००:८०.२८ अनुपातमा प्राप्ति गरेको हो । मर्जरसँगै सिभिल बैंकको १०० कित्ता सेयर हुनेको हिमालयन बैंकमा ८०.२८ कित्ता सेयर हुनेछ ।

 

एकीकृत कारोबार भएसगै बैंकको कुल पुँजी ३४ अर्ब, कुल निक्षेप २ खर्ब ७४ अर्ब, कुल कर्जा २ खर्ब ५० अर्ब पुग्ने छ ।