२०८१ बैशाख ७ , शुक्रवार

घट्यो सुनचाँदीको भाउ

Gold

सुनाखरी न्युज/ काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ लाख २ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ।

 

हिजो बिहीबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।