२०८१ बैशाख ८ , शनिवार

नेपालभरका ३० मुख्य शहरहरुमा टिभीएसको माइलेज क्याम्प सञ्चालन हुँदै

सुनाखरी न्युज/ काठमाडौं । स्टिभीएस स्कुटर तथा मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालभरका ३० मुख्य शहरहरुमा टिभीएस एनटर्क स्कुटरमाइलेज क्याम्प सञ्चालन गरिरहेको छ।

 

यसमाइलेज क्याम्पमा माइलेज टेस्ट, स्कुटर चेक क्याम्प र माइलेज ¥याली जस्ता विभिन्नकार्यक्रमहरु गरिएको थियो । यस माइलेज क्याम्पमा सहभागी सबै एनटर्क राइडरहरुलाई फ्री सर्भिसिङ र स्पेयर पार्ट्समा १० प्रतिशत छुटको साथै लेबर चार्जमा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै सहभागीहरु लाई विभिन्न सम्मानपत्र, गिफ्ट ह्याम्पर्स र अन्य पुरस्कारहरु प्रदान गरिने पनि कम्पनीले जनाएको छ।

माइलेज क्याम्पको बारेमाबोल्दै जगदम्बा मोटर्सका सीइओ दिपक अग्रवालले भन्नुभयो,“यो माइलेज क्याम्प गर्नुको मुख्य उद्धेश्य हाम्राग्राहकहरुसंग भेटघाट र अन्तर्कृया गर्नुहोजसमा नेपालभरका विभिन्न शहरबाट उत्साहजनक सहभागिता रहेको छ । हाम्रा उत्पादनहरुले हाम्रा ग्राहकहरु लाई दिएको सन्तुष्टि र खुशी देखेर हामीअत्यन्तै खुशी छौँ ।”

 

यसमाइलेज क्याम्पमा अहिले सम्म काठमाडौँ, नारायणघाट, हेटौंडा,पोखरा, नेपालगञ्ज, बिर्तामोड लगायतअन्यशहरबाट १००० भन्दा बढी एनटर्क राइडर सहभागी भइसकेका छन्।यस माइलेज चेक अप क्याम्पमास्कुटर चेक अप गराएपछि आफ्नोस्कुटरको माइलेज पनि बढेको र यसबाट आफुहरु खुशीभएको सहभागिहरुकोप्रतिकृया रहेको छ । माइलेज क्याम्पमा सहभागि हुनको लागि आफ्नो नजिकैको टिभिएस शोरुम अथवा सर्भिस सेन्टरमागएर आफ्नो स्कुटरको माइलेज चेक गराउन सक्नेछन् ।