२०८१ बैशाख १३ , बिहिवार

राष्ट्रपति निर्वाचनका लागि अन्तिम मतदाता नामावली आजै प्रकाशन हुँदै

सुनाखरी न्युज/ काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन आज हुँदैछ ।

 

निर्वाचन आयोगले मतदाताहरुमाथि छानबिन गर्ने र आजै अन्तिम नामावाली प्रकाशन गर्न लागेको हो । आयोगले यसअघि नै फागुन १३ अर्थात शनिबार राष्ट्रपतिको उम्मेदवारी दर्ता मिति तय गरेको छ । यसअनुसार भोलि सम्ममा राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गरिसक्नु पर्ने छ ।

 

उता दलहरु भने को कस्लाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने विषयमा निश्कर्षमा पुगिसकेका छैनन् । राष्ट्रपतिको निर्वाचन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।