२०८१ बैशाख १२ , बुधवार

अभिनेता अक्षय कुमारले सबैभन्दा धेरै सेल्फी खिचेर राखे वल्र्ड रेकर्ड

सुनाखरी न्युज/ अक्षय कुमारले तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वल्र्ड रेकर्ड राखेका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार उनले आफ्नो आगामी फिल्म सेल्फीको प्रमोशनको क्रममा उक्त रेकर्ड राखेका हुन्। बुधबार मुम्बईमा आयोजित एक कार्यक्रममा उनले आफ्ना फ्यानसँग १८४ वटा सेल्फी लिएका थिए।

 

अक्षयले उक्त कार्यक्रमका भिडिओ इन्स्टाग्राममा पोस्ट गरेका छन्।मैले जीवनमा जे प्राप्त गरेँ र म अहिले जहाँ छु, त्यो मेरा फ्यानहरूको निस्वार्थ मायाको कारण हो। यो मेरो लागि खास छ र यो कुरा स्वीकार गर्दै उहाँहरूले मलाई साथ दिइरहनु भएको छ। मेरा फ्यानहरूको सहयोगमा हामीले ३ मिनेटमा धेरै सेल्फी खिचेर गिनिज वल्र्ड रेकर्ड राखेका छौं। यो धेरै विशेष थियो र म यो सधैं सम्झनेछु,’ उनले लेखेका छन्

 

यसअघि यो कीर्तिमान अमेरिकाका जेम्स स्मिथको नाममा थियो। उनले २०१८ जनवरीमा कार्निभल ड्रिम क्रुज जहाजमा ३ मिनेटमा १६८ सेल्फी खिचेका थिए। अक्षयले तीन मिनेटमा १८४ सेल्फी खिचेर उनको रेकर्ड तोडेका हुन्।