२०८१ बैशाख १३ , बिहिवार

आर्थिक अवस्था कमजोर भएकी महिलाले जन्माइन तिम्ल्याहा

 

सुनाखरी न्युज /  राजविराज – रूपनी गाउँपालिका–१ रायपुरकी सरस्वती रामले मंगलबार तीन बच्चा जन्माएकी हुन् । प्रसूति व्यथाले च्यापेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएकी उनले शल्यक्रियामार्फत एकैपटक तीन सन्तानको जन्म दिएकी हुन् ।

 

तिम्ल्याहा बच्चामध्ये दुई छोरा र एक छोरी छन । तीनवटै बच्चाको तौल भने कम रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन । पहिलो बच्चा छोराको तौल १ दशमलव ६६० केजी, दोस्रो छोराको तौल १ दशमलव ४८० केजी र तेस्रो छोरीको तौल १ दशमलव ६६१ केजी छ । सामान्य अवस्थाको बच्चाको तौल कम्तीमा पनि २ दशमलव ५ केजी हुनुपर्ने चिकित्सक बताउँछन ।

 

बच्चालाई बुधबारदेखि अस्पतालद्वारा इन्कुवेटरमा राखेर खुवाउने तथा श्वासप्रश्वासमा सहयोग पु¥याउने काम भइरहेको परिवारजनले जनाएको छ । परिवारको आर्थिक अवस्था कमजोर रहेकाले परिवारजनले सहयोगका लागि आग्रहसमेत गरेका छन ।