२०८१ बैशाख १२ , बुधवार

फुल चार्जमा ३०० किमि रेन्ज दिने मिनी एसयूभी ‘येप’

सुनाखरी न्युज/ काठमाडौं । चिनियाँ मिनी ईभी बाओजुन येप इलेक्ट्रीक एसयूभीको तस्बिरहरू बाहिर आएका छन् । चिनियाँ मिडिया मार्फत सार्वजनिक भएका यी तस्विरहरु निकै आकर्षक रहेका छन् ।

 

अर्बन फन ट्रेन्डी एसयूभीको अवधारणाको रुपमा पुनरावलोकन गरिएको यस ईभीको प्रोडक्सन भर्सन केही समय अघि किवी ब्रान्डिङ सहित भिडियो देखाइएको थियो । अहिले बाहिरिएको तस्बिरहरूमा यस ईभीलाई बाओजुनको रुपमा ब्याच गारिएको छ । यो एक मिनी ईभी रहेको छ । सानो साइज भएता पनि यसमा दुई वटा ढोका दिइएको छ । त्यसैगरी, यसमा भएको अफ रोड बम्पर, बुल्जेड ह्विल आर्च, रुफ रेल, क्ल्याडीङ लगायतले थप आकर्षक बनाएको छ ।

 

यो एक अल्ट्रा कम्प्याक्ट ईभी हो । यसको लम्बाई ३३८१ एमएम, चौडाई १६८५ एमएम र उचाई १७२१ एमएम रहेको छ । यसमा ह्विलबेस भने २११० एमएम पाउन साकिन्छ ।बाओजुन मिनी ईभीमा सिङ्गल इलेक्ट्रीक मोटर दिइएको छ । यसले ५० किलोवाट पावर र १४० एनएम टर्क जेनेरेट गर्छ । यो ईभीलाई १०० किलोमिटर प्रति घण्टाको गतिमा गुडाउन सकिन्छ । सीएलटीसीका अनुसार यसको अधिकतम रेन्ज भने ३०३ किलोमिटर हुनेछ । आगामी अप्रिलमा चीनको सांघाईमा आयोजना हुने अटो शोबाट यसको ग्लोवल प्रिमियर हुनेछ ।