२०८१ बैशाख १४ , शुक्रवार

केपी ओली कप आजदेखि

सुनाखरी न्युज/ काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिता आज बिहीबारदेखि सुरु हुँदैछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन १७ गतेसम्म चल्ने प्रतियोगितामा ’ए’ डिभिजन क्लबका सात र एक आयोजक टोलीगरी आठ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

 

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र फुटबल क्लब, न्युरोड टिम एनआरटी क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, सातदोबाटो युथ क्लब, जावालाखेल युथ क्लब र आयोजक केपी ओली फुटबल क्लब सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन्। प्रतियोगिताको दोस्रो दिन शुक्रबार दुई खेल हुनेछ। पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र एनआरटी भिड्नेछन्। सो खेल बिहान ११:०० बजे हुनेछ। सोही दिन मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड खेल्नेछन्। सो खेल दिउँसो ३ बजे हुनेछ। फागुन १३ गते शनिबार केपी ओली एफसी र जावलाखेल खेल्नेछन्।

 

आइतबार प्रतियोगिताको पहिलो सेमिफाइनलमा सातदोबाटो र पुलिसबीचको खेलको विजेता तथा आर्मी र एनआरटीको विजेता भिड्नेछन्। अरू सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ भने फाइनल खेल चाहिँ दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्। हरेक खेलको विजेताले २५ हजार रुपैयाँ पाउनेछ।