२०८१ बैशाख १५ , शनिवार

कृषि विकास बैंकको अध्यक्षमा पुडासैनी नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । कृषि विकास बैंकको अध्यक्ष पूर्वराजस्व सचिव रामशरण पुडासैनी नियुक्त भएका छन्।

 

बैंक सञ्चालन समितिको बुधबार बसेको बैठकले पूर्वसचिव पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो। यसअघि बैंकका अध्यक्ष रमेश दवाडीले राजीनामा दिएपछि पुडासैनी अध्यक्षमा चयन भएका हुन्। दवाडी जनार्दन शर्मा अर्थमन्त्री हुँदा अध्यक्ष चयन भएका थिए।

 

अर्थ मन्त्रालयले यसअघि पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो।