२०८१ बैशाख १४ , शुक्रवार

बैंकिङ कसुरको आरोपमा निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन् ।

व्यवसायी भेटवाललाई बैंकिङ सम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको हो । उनलाई बुधबार बिहान घरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले बताए ।

 

अहिले उनलाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु लगिएको उनले जानकारी दिए । उनले चेक बाउन्स गरेको भन्दै प्रहरीकोमा उजुरी परेको थियो ।