२०८१ बैशाख ११ , मंगलबार

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान आजदेखि

सुनाखरी न्युज/ काठमाडौं । सरकारले आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु गर्दैछ । हात्तीपाइले रोग देखिएका १५ जिल्लामा सरकारले औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिनेछ । आजदेखि देखि यही २५ गतेसम्ममा ८४ लाख ९८ हजार ५ सय १ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ ।

 

सरकारले सन् २००३ देखि ६४ जिल्लामा हात्तीपाइलेविरुद्धको आम औषधि अभियान सञ्चालन गरेको थियो । तीमध्ये ४८ जिल्लामा बिरामी फेला नपरेकाले तिनमा औषधि खुवाउन बन्द गरिसकेको महाशाखाले जनाएको छ । नेपालमा जनस्वास्थ्य समस्याका रूपमा रहेको हात्तीपाइले रोग सरकारले सन् २०२० मै निवारण गर्ने लक्ष्य लिएको थियो । तर नसकेपछि सन् २०३० सम्मको समय थपेको छ ।

May be an image of text that says 'हात्तीपाइले रोग विरुद्धको आमऔषधि सेवन अभियान सम्बन्धी अत्यन्तै जरुरी सूचना २०७८ फागुन ٩٩ गते देखि फागुन হ५ गते सम्म निम्न १५ जिल्लाका १ वर्ष उमेर माथिका सबैले हात्तीपाइले रोग विरुद्धुको औषधि नजिकैको पायक पर्नें ठाऊमा खाओ। हात्तीपाइले रोग विरुद्ुको औषधि पहिला खाएको भए पनि यो अभियानमा फेरी खानुपर्छ। भापा मोरड धनुषा महोत्तरी रौतहट सर्लाही बारा रसुवा लमजुड पर्वत बाग्लुड कपिलबस्तु बाँके दाड कैलाली हात्तीपाइले रोग विरुद्धको औषधि खाऔ र हात्तीपाइले रोग लाग्नबाट बचौ। औषधि सुरक्षित छ यो औषधि प्रभावकारी छ यो औषधि नि शुल्क छ नेपाल सरकार स्वास्थ्य जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सत्चार'