२०८१ बैशाख १३ , बिहिवार

अटोमोबाइल्समा उपभोक्ताको आकर्षण, स्टलबाटै ४३ लाखको कार बिक्री

सुनाखरी न्युज/ बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अटोमोबाइल्सतर्फ पनि अवलोकनकर्ताहरुको ध्यान खिचिएको छ ।

 

बुधबार दिउँसो महोत्सव अवलोकन गर्न पुगेका कनकाई नगरपालिका निवासी त्रिलोचन उप्रेतीले नेक्सन इभिएक्स जेट लक्स कार खरिद गरेका छन् । कारको बजार मुल्य ४२ लाख ९९ हजार रहेको अल्सका अटो मोबाइल्स प्रालिका सेल्स म्यानेजर एजन न्यौपानेले जानकारी दिए । उप्रेतीले खरिद गरेको उक्त विद्युतिय कार एक पटक चार्ज गरेपछि २५० किलोमिटर सम्म सञ्चालन गर्न सकिने जनाइएको छ । महोत्सव स्थलमै आयोजित एक संक्षिप्त कार्यक्रममा महोत्सव आयोजक समितिका संयाोजक राजु न्यौपाने र बिर्तामोडउद्योग वााणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले सवारी साधनको साँचो खरिद कर्ता उप्रेतीलाई हस्तान्तरण गरे ।

 

पेट्रोलियम पदार्थको मुल्य वृद्धि निरन्तर बढी रहेका बेला उपभोक्तको आकर्षण विद्यतिय सवारी साधन तर्फ केन्द्रित हुदै गएको छ । महोत्सव स्थलमा विद्युतिय साइकल, स्कुटर, लगायतका सवारी साधनहरुको स्टल राखिएका छन् । कोमाकी कम्पनीका विद्युतिय स्कुटरको स्टलबाट ६ वटा सवारी बुक भइसकेको बताइएको छ । महोत्सव अवधिभर ५० वटा सवारी बिक्री गर्ने लक्ष्य राखेको कम्पनी प्रतिनिधिले बताए । महोत्सवकै अवधिमा खरिद गर्नेलाई १९ हजाार रुपैंया छुटको समेत अफर रहेको छ ।

 

त्यस्तै होण्डा, यामाहा, साोनालिका, टिभिएस, पल्सर ब्राण्डका सवारी साधनको स्टलमा अवलाोकन कर्ताहरुको उल्लेख्य उपस्थिती र चासो रहेको कम्पनीका प्रतिनिधिहरुले बतााए । त्यस्तै विद्युतीय साइकल तर्फ पनि उपभोक्ताको आकर्षणा बढेको पाइएको छ । गत फागुन ५ गतेबााट शुरु भएको महोत्सव ११ दिनसम्म सञ्चालन हुने जनाइएको छ । महोत्सवलाई व्यवस्थित बनाउने उद्देश्यले विभिन्न चार भागमा विभाजन गरिएको छ । बालउद्यन, अटोमोबाइल्स, मनोरञ्जन र खानपान तथा उपभोग्य सामग्रीहरुको स्टलहरु राखिएको छ ।