२०८० चैत्र १५ , बिहिवार

गौतम र श्रेष्ठको अध्यक्षमा उपत्यका निर्माण व्यवसायी संघमा दुई टिमको घोषणा

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौ उपत्यका निर्माण व्यवसायी संघको १७ औं साधारण सभा तथा ९ औं अधिवेशन तथा निर्वाचन यहि आउँदा फागुन १४ गते हुन गईरहेको छ ।

 

उक्त अधिवेशनमा हाल सम्म दुई प्यानलको घोषणा गरेका छन् । उक्त संघका कार्यकाल तिन वर्षको हुने गर्दछ । अध्यक्षको उम्मेदवारमा हाल रहेका अध्यक्ष कृष्ण प्रसाद गौतम र महासचिव शान्त कुमार श्रेष्ठले प्यानलको घोषणा गरेका छन् । उक्त घोषणा बानेश्वरको एक होटमा गरेको बताईको छ । गौतमको प्यानलबाट बरिष्ठ उपाध्यक्ष कमला भट्टराई, प्रथम उापध्यक्ष लक्ष्मण थपलिया –दुर्लभ), द्धितिय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्च बहादुर तामाङ –विजय), उप महासचिव –नितिगत) हर्जुन मर्हजन, उप–महासचिव –आन्तरिक) राजन गौतम, कोषाध्यक्ष मनोज श्रेष्ठ र सह–कोषाध्यक्ष राजन श्रेष्ठ घोषण गरेका छन भने अन्य सदस्य पछि घोषणा गर्ने अध्यक्षका उम्मेदवार कृष्ण प्रसाद गौतमले बताए ।

 

उनले निर्माण क्षेत्रमा भएका विभिन्न ऐन तथा निति नियमका कारण निर्माण व्यवसयीको पेशानै धर्मसंकटमा रहेको हुदाँ यसका लागि निर्माण व्यवसायीहरुको सुझाब अनुसार सधै लाग्ने बताएका छन् । श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्ष कबिन्द्र मर्हजन, पैथम उपाध्यक्ष बासु खड्का, द्धितिय उपाध्यक्ष टिकाराम सुवेदी, महासचिव ईश्वराज पन्त,उप–महासचिव नीतिगत कृष्ण के.सी.(कृष) आन्तरिक उप–महासचिव एन प्रसाद अधिकारी (राजु) कोषाध्यक्ष रमेह मर्हजन र सह–कोषाध्यक्ष संजीव शाक्यले उम्मेदवारी घोषणा गरेको छन् । उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले मूल्यबृद्धिका कारण निर्माण कार्यमा भैरहेको समस्या लगायत साना निर्माण व्यवसायिहरुके हकहितमा आफू सधै लाग्ने बताएका छन् । उक्त संघमा करिब एक हजार पाँच सय सदस्यहरु रहेका छन् ।