२०८१ बैशाख १४ , शुक्रवार

दोहोरो अंकले बढ्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार दोहोरो अंकले बढेको छ । आज पनि नेप्से ३३.५७ अंकले बढेर दुई हजार ८० दशमलव ३८ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज नेप्सेमा एक अर्ब ८० करोड ३२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १६५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४९ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज कारोबार भएको कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज विर्टी इनर्जी कम्पनीको शेयरमूल्य ९.८० अंकले बढेर प्रतिकित्ता २८८.८० रुपैयाँ पुगेको छ । त्यस्तै, छ्याङदी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.५६ प्रतिशतले बढेर प्रतिकित्ता ३६८ रुपैयाँ पुगेको छ भने दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता ३४५ रुपैयाँ पुगेको हो ।

 

आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेड कम्पनीको भएको छ । यसको आज १३ करोड २७ लाखभन्दा बढीको कारोबार भएको छ ।