२०८१ बैशाख ७ , शुक्रवार

करिश्मा पुत्री कविता प्रेम चर्चामा

सुनाखरी न्युज/ काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताको रुचि फिल्मभन्दा व्यवसायतर्फ बढी छ । उनी रेस्टुरेन्ट र होम अप्लायन्सेसको व्यापारमा व्यस्त छिन् । अमेरिकामा पढेर पछिल्लो समय नेपालमै सक्रिय छोरीलाई माया गरेर करिश्माले कबु भनेर बोलाउँछिन् । कविताको डेब्यु फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भइसकेको छ ।

 

आमाको विरासतलाई नै उनले अगाडि बढाउलिन् वा नबढाउलिन् यो भविष्यको कुरा हो । तर कविता मिडियाको केन्द्रमा परिरहने पात्र चाहिं अवश्य हुन् । यतिबेला कविताको प्रेमले फिल्म बजार गर्माएको छ । व्यवसायी तथा मोडल प्रसन्न राईसँग उनको प्रेम चर्चा छ । कवितासँगको प्रेमको खुलासा स्वयं प्रसन्नले इन्स्टाग्रामबाट गरेका हुन् ।

 

उनले केही सातायता कवितासँगका रोमान्टिक सेल्फी र स्टोरी पोस्ट गरिरहेका छन् । सँगै घुमघाम र ह्याङआउट गरिरहेको देखिने तस्वीरमा उनी रोमान्टिक मुडमा छन् । एक तस्वीरमा कवितालाई चुम्बन गर्दै प्रसन्नले ‘मेरो माया’ भन्दै लभहार्ट इमोजी पनि पोस्ट गरेका छन् । स्टोरीमा यी दुईले अन्य साथीसँग पनि रमाइलो गरिरहेको देख्न सकिन्छ ।