२०८० चैत्र १५ , बिहिवार

नेप्सेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर सुचिकृत

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर सुचिकृत भएको छ ।

 

साविकको नेपाल इन्भेष्टमेन्ट बैंक र साविकको मेगा बैंक मर्ज भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३४ करोड १२ लाख ८५ हजार ९४९ कित्ता शेयर शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै बिहिबारबाट बैंकको शेयर कारोबार सुरु हुने छ ।

 

बैंकको शेयर NIMB सिम्बलबाट कारोबार हुने छ । नेप्सेले बैंकको पहिलो कारोबारको लागि २३६.८५ रुपैयाँको सुरुवाती मूल्य तोकेको छ ।साविकका इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००:९० को स्वापमा मर्ज भएका हुन्।