२०८१ बैशाख १३ , बिहिवार

सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, आफैंले खाना खान थाले

सुनाखरी न्युज / काठमाडौं-खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएपछि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको छ । स्वास्थमा सुधार आएपछि हिजो भेन्टिलेटरबाट निकालिएका भण्डारीलाई आजदेखि मुखबाट खाना खुवाउन थालिएको छ । बुधबार बिहान १०ः५० बजेको अपडेटअनुसार उनलाई मुखबाटै खाना खुवाउन थालिएको मुम्बईमै रहेका उनका पूर्व स्वकीय एवं लेक्चरर माधव न्यौपानेले जनाएका छन् । सांसद भण्डारीले दोहोरो संवाद गरिरहेका र उपचारबारे आफैंले जानकारी लिइरहेका छन् ।

 

उनलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्यून रुपमा अक्सिजन दिइएको छ । हल्का ईन्फेक्सनको उपचार भइरहेको र ज्वरो आएको नआएको जानकारी दिएका उनले उच्च ईन्फेक्सन नहोस् भनेर अस्पतालले भेटघाट गर्न दिएको छैन । सांसद भण्डारीको अन्य स्वास्थ्य प्यारामिटर नर्मल रहेको छ ।

 

सोही घटनामा परेर सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने बिहीबार नै उपचारका क्रममा कीर्तिपुरमा निधन भएको थियो ।