२०८१ बैशाख ६ , बिहिवार

विदेश जान पाउनुपर्ने मागसहित सर्वोच्च जाँदै सन्दीप

सुनाखरी न्युज/ काठमाडौं । विदेशजान प्रतिबन्ध लगाउने आदेश बदर गर्न माग गर्दै सन्दीप लामिछाने सर्वोच्च अदालत जाने भएका छन्। उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको छ। काठमाडौं उपत्यका छाड्न पनि प्रहरीसँग अनुमति लिनु पर्नेछ।

 

सन्दीपले धरौटी रकम बढी भएको भन्दै घटाउन माग गर्ने भएका छन्। उच्च अदालतले उनीसँग २० लाख नगद धरौटी माग गरेको थियो। उच्च अदालतले काठमाडौं बाहिर जान अनुमति लिनु पर्ने बताए पनि क्रिकेट खेल्न भने प्रतिबन्ध लगाएको थिएन। क्यानले पनि निलम्बन फुकुवा गरेको थियो।

 

३ महिना थुनामा बसेर फर्किएका सन्दीपले त्रीदेशिय सिरिजमा सानदार प्रदर्शन गरे। उनी यो सिरिजमा सर्वाधिक विकेट लिने क्रिकेटर बने। त्रिदेशिय सिरिजमा क्लिनस्वीप गरेको नेपालले आगामी साता युएई भ्रमण गर्दैछ। त्यहाँ नेपालले पपुवान्युगिनी र युएईसँग २/२ खेल खेल्नेछ। आगामी सोमबार पहिलो खेल पपुवान्युगिनीसँग खेल्ने तालिका छ। त्यसअघि नै सन्दीप विदेश जान रोक लगाउने निर्णय बदर गराउने प्रयासमा छन्। यदी अदालतले यसअघिको निर्णय बदर नगरे नेपाली टोली सन्दीप बिनै यूएई जानेछ।