२०८१ बैशाख ७ , शुक्रवार

आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता सम्पन्न भएको छ।

सम्झौता अनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले इन्सोरेन्स पोलिसी नवीकरण बापतको शुल्क आइएमई पे मार्फत भुक्तान गर्न सक्नेछन्।

सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका छन्।