२०८० चैत्र १६ , शुक्रवार

सुनको भाउ स्थिर

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको छ।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।